‘शेफिल्ड हल्लम विश्वबिद्याल’यका वैज्ञानिकहरुले निर्माण गरेको ‘मास स्पाक्ट्रोमेट्री फिंगरप्रिन्ट’मा आधारित प्रविधिबाट कुनैपनि ब्यक्तिले कन्डम प्रयोग गरे नगरेको पत्ता लगाउन सकिन्छ । योर्कशायर प्रहरीसँग मिलेर गरेको परीक्षण सफल भएपछि यसको प्रयोग गर्न अनुमती पाएको 'बीबीसी'ले उल्लेख गरेको छ । यस प्रविधिबाट कन्डमको प्रयोगसँगै कपालमा कुन ब्रान्डको जेल प्रयोग गर्ने गर्दछ, अल्कोहल तथा अन्य नशालु पदार्थको लत…