बिहीबार एक समारोहबीच स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले बाढीको पूर्वसूचना तथा जानकारी गराउने ‘अनलाइन पोर्टल’ ‘डब्लु.डब्लु.डब्लु.डड फ्लड रेसिलियन्स डट नेट डट एनपी’को उद्घाटन गरे । स्थानीय विकास मन्त्रालय, ‘प्राक्टिकल एक्सन तथा रेडक्रस’को अन्तर्राष्ट्रिय महासंघबीचको सहकार्यमा सन्चालित यस ‘अनलाइन पोर्टल’मा बाढीको पूर्वसूचना तथा जानकारी र पूर्वतयारीबारे सबै जानकारी उपलब्ध हुनेछ । कार्यक्रममा उपस्थित वक्ताले छिटो, सही…