काठमाडौं, भदौ २० । नेपाल टेलिकमले आफ्ना मोबाइल सेवामा भारतमा अन्तर्राष्ट्रिय ‘डाटा रोमिङ’ सेवा उपलब्ध गराएको छ । हाल रोमिङमा हुँदा ‘भ्वाइस’ र ‘एसएमएस’ आदान–प्रदान गर्ने सुविधामात्र रहेकामा शुक्रबारदेखि छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा पनि उपलब्ध भएको जनाएको हो । अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवामा सामयिक परिमार्जन गर्ने उद्देश्यले विगतका दिनहरुमा सन्चालनमा रहेको अन्तर्राष्ट्रिय…