काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई कर र कानूको दायरामा ल्याउने भएको छ । मंगलबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाललाई कानून र करको दायरामा ल्याउने बताउनुभयो । तीव्र गतिको इन्टरनेट विस्तारका लागि पूर्वाधार विस्तार गर्ने नीति लिएको सरकारले आफ्नै स्याटेलाइट राख्ने योजना अघि बढाउने भएको उहाँले बताउनुभयो ।…