काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार (आज) रातिदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनमा ल्याउँदै छ । एमडीएमएस लागू भएपछि अवैध रुपमा भित्र्याईका र दर्ता नगरिएका महँगा मोबाइल फोनहरुमा सेवा अवरुद्ध हुने छ । कात्तिक २० गते (सोमबार) रातिदेखि अवैध रुपमा ल्याइएका केही महँगा र टेक्नोलोजीका मोबाइलमा सेवा बन्द गरेर एमडीएमएस कार्यान्वयन गरिने छ…