ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकाको गाम्नाङटारमा लिखु एग्रिकल्चर नेपाल प्रालिले लगाएको अनार खेतीमा समस्या देखिएको छ । २०६९ सालमा लगाइएको अनारले फल दिन सुरु गरेपनि डाँठमा किरा लाग्ने, बोट तथा हाँगा सुक्ने, फुल फले पनि चिचिला नअडिने, चिचिलामै कीरा लाग्नेलगायतका समस्या देखिएका छन् । लिखु नदीको किनारमा रहेको माटेबेँसी र गाम्नाङटार गाउँमा गरि अहिले पनि…