६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


कन्स्ट्रक्शन फिल्डमा काम गर्नेहरुका लागि विल्डकन प्रदर्शनी बहुउपयोगी : अवलोकनकर्ता


0
Shares

काठमाडौं । नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा पुगेका अवलोकन कर्ताहरुले कन्स्ट्रक्शन फिल्डमा काम गर्नेहरुका लागि प्रदर्शनी बहुउयोगी भएको बताएका छन् ।

भृकुटीमण्डपमा जारी नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा पुगेका अवलोकन कर्ताहरुले सबै सामानहरु एकै ठाउँमा पाउने भएकाले मेला धेरै नै उपयोगी भएको बताएका हुन् ।

उनीहरुले कन्स्ट्रक्शन फिल्डमा काम गर्ने निर्माण व्यवसायी अथवा घर बनाउन चाहने इच्छुक व्यक्तिहरुका लागि पसलपसलमा भौँतारिनुपर्ने बाध्यता नरहेको बताएका छन् । मेलामा आफूहरुले खोजेका सबै सामान बुझेर लिने पाइने भएकाले यस्ता मेलाहरु पटकपटक हुनुपर्ने बताएका छन् ।

इन्जिनियरहरुका लागि मेला झनै राम्रो स्थान बनेको उनीहरुले बताएका छन् । अवलोकन कर्ता सुरेन्द्रप्रसाद जैसवालले नेपालमा यस्तो मेला धेरै पछि भएको र मेला आयोजना भए भने कन्स्ट्रक्शन फिल्डमा काम गर्ने निर्माण व्यवसायी अथवा घर बनाउन चाहने इच्छुक व्यक्तिहरुका लागि सही ठाउँ भएको बताउनु भयो ।

जैसवालले आफूले खोजेको चिजहरु एकै ठाउँमा पाउने भएकाले पनि मेलाको महत्व फरक रहेको बताउनु भयो । उहाँले यस्ता मेलाहरु पटकपटक हुनुपर्ने बताउनु भयो ।

त्यस्तै अवलोकन कर्ता डा.नारायण श्रेष्ठले पनि मेला सिभिल इन्जियनियरहरुका लागि धेरै नै हेल्पफुल रहेको बताउनु भयो । उहाँले अहिले र भविष्यमा पनि बिल्डिङ बनाउनेहरुका लागि मेलाले धेरै जानकारी दिने बताउनु भयो । मेला नयाँ उद्योग खोल्नेहरुका लागि पनि उपयोगी रहेको बताउनु भयो । त्यस्तै अर्का अवलोकन कर्ता देवकृष्ण आचार्यले मेलामा नयाँ नयाँ कुरा जान्न र हेर्न पाइएको बताउनु भयो ।

माघ १८ गतेबाट शुरु भएको मेला आज (२१ गते)सम्म सञ्चालन हुनेछ । मेलामा विभिन्न देशका ५ सय भन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टलहरु रहेका छन् ।