दाङ । सहिद कृष्णसेन इच्छुक मार्गअन्तर्गत तुलसीपुर–घोराही–लमही सडक खण्डमा सडक दुर्घटना वृद्धि हुँदै गएपछि सवारी साधनको गति सिमित गर्न ‘टाइमकार्ड’ लागु गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा केही दिन अघि दुर्घटना न्यूनीकरणका सन्दर्भमा आयोजित सरोकारवालाहरूको छलफलमा सवारी दुर्घटना न्यूनिकरणका लागि टाइमकार्ड लागू गर्ने निर्णय भएको हो । दाङमा चालु आर्थिक वर्षको ८ महिनामा…