२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024


राइड सेयरिङ एप ‘ई-ड्राइभ नेपाल’ सफ्टवेयर सार्वजनिक


1.586k
Shares

काठमाडौं । नेपाली सफ्टवेयर इन्जिनियरहरुको समूहले पहिलो पटक निर्माण गरेको ‘ई-ड्राइभ नेपाल’ विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी प्रदुषणरहित सुन्दर सहर भन्ने नाराको साथ उक्त इड्राइभ नेपाल विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक भएको हो ।

काठमाडौं उपत्यकाभित्र आफ्नै भाडाका विद्युतीय ट्याक्सीलाइ व्यवस्थापन गरि सफ्टवेयरमार्फत ग्राहकलाइ सहज सेवा दिन सुरु गरिएको इ ड्राइभ नेपालका प्रमुख कार्यकारी अधिकृत सविन भट्टराईले बताउनुभयो ।

उहाँले आफ्नै विद्युतीय सवारी साधन सञ्चालनको लागि सितापाइलामा र एकान्त कुनामा चार्जिङ स्टेशन समेत स्थापना गरिएको बताउनुभयो । उहाँले राइट सेरिङको नयाँ फिचर सहितको अनलाइन इड्राइभमार्फत विद्युतीय ट्याक्सीहरुको सेवा लिन सकिने बताउनुभयो ।

उहाँले विद्युतीय सवारी साधन खरिद गर्न पाएको सहुलियतले इड्राइभ नेपालले सस्तोमा विद्युतीय सवारी साधन चढ्न सकिने बताउनुभयो ।