काठमाडौं, कात्तिक २५ । १६औ अन्तर्राष्ट्रिय विज्ञान दिवस नेपालमा पनि विहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘विज्ञान केन्द्र र विज्ञान संग्रहालयहरुको उत्सव मनाऔं’ भन्ने नारासहित मनाइएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले विज्ञान–प्रविधिको क्षेत्रमा खासै केही गर्न नसकेको बताए । देश विकासका लागि विज्ञान र प्रविधिको निकै खाँचो भएपनि यो क्षेत्र अझै पछाडि परेको…