बेइजिङ, साउन १७ । चीनमा एक हजार सातवटा रोबोटले एकसाथ नृत्य गरेर विश्व कीर्तिमान बनाएका छन् । चीनको शानदोङ्ग सहरमा शनिबार आयोजना गरिएको विशेष कार्यक्रममा रोबोटको सामूहिक नृत्य प्रदर्शन गरिएको थियो । गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा एक हजार सातवटा रोबोटले एक मिनेट नृत्य गरेका थिए । ४३.८ सेन्टीमिटर लम्बाईका रोबोटलाई…