रुपन्देही, कात्तिक ७ । बुटवलमा सञ्चालित राष्ट्रिय उद्योग प्रदर्शनी तथा तिहार महोत्वमा सूचना प्रविधि सम्बन्धी स्टलमा ग्राहकको चाप बढेको छ । मेलामा राखिएका मोबाइल, ल्यापटप, कम्पुटर खरिद र तिनका पार्टपुर्जामा ग्राहकले निकै रुचि देखाएका हुन् । बुटवलस्थित नेपाल उद्योग व्यापार सङ्गठन र काठमाडौंस्थित नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको आयोजनामा बिहीबारदेखि सुरु भएको सो महोत्सवमा अपेक्षा…