काठमाडौं, असोज १३ । नेपाल टेलिकमले दसैं, तिहार र छठका अवसरमा आफ्ना सेवाहरुमा विभिन्न छुटका अफर प्रदान गर्ने भएको छ । टेलिकमले असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म एसएमएसमा ५० प्रतिशत छुट दिने भएको छ । टेलिकमले प्रतिएसएमएस १ रुपैयाँ शुल्क लिँदै आएकोमा उक्त अवधिमा ५० पैसा लिने भएको हो…