मोबाइल मेला सुरु, हरेक मोबाइल बिक्रीको १० रुपैयाँ राष्ट्रिय आविस्कार केन्द्रलाई • Image Khabar Image Khabar


मोबाइल मेला सुरु, हरेक मोबाइल बिक्रीको १० रुपैयाँ राष्ट्रिय आविस्कार केन्द्रलाई


Imagekhabar
२५ भाद्र २०७३, शनिबार ०२:३६

मोबाइल मेला सुरु, हरेक मोबाइल बिक्रीको १० रुपैयाँ राष्ट्रिय आविस्कार केन्द्रलाई

काठमाडौं, भदौ २४ । ललितपुरस्थित ललितपुर मलमा मोबाइल मेला सुरु भएको छ ।

मेलामा मोबाइल खरिदमा विभिन्न छुट तथा उपहार प्राप्त गर्न सकिने मेला आयोजक ललितपुर मोबाइल कम्प्लेक्सले जनाएको छ ।

हरेक मोबाइलको खरिदमा १० रुपैयाँ महावीर पुनको अभियानअन्तर्गत् स्थापना हुने राष्ट्रिय आविस्कार केन्द्रलाई प्रदान गरिने ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

प्रत्येक मोबाइलको बिक्रीबाट आगामी एक वर्षसम्म १० रुपैयाँ केन्द्रका लागि प्रदान गरिने बताएको छ ।

मोबाइल मेलामा न्यूनतम् ७ देखि ७० प्रतिशतसम्म छुट पाइने आयोजकले जनाएको छ ।

मेला असोज ३ गतेसम्म चल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्