काठमाडौं, कात्तिक १० । पाकिस्तान साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले अन्तिम चारमा स्थान बनाएको हो । समूह चरणको दोस्रो खेलमा पाकिस्तानले शनिबार भुटानलाई ४–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा खेलको २४औं मिनेटमा मुद्दसर नजरले गोल गर्दै…