अपडेटः काठमाडौं, साउन ३१ । इन्डोनेसियामा जारी एसियाली खेलकुद (एसियाड)को फुटबलमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आफ्नो पहिलो खेलमा एसियाको ‘पावर हाउस’ जापानसँग १–० ले पराजित भएको नेपाल बिहीबार दोस्रो खेलमा भने भियतनामसँग २–० को हार व्यहोर्न पुग्यो । नेपालले खेलको १३औं र ६४औं मिनेटमा गोल खाएको थियो । जापानसँग रक्षात्मक खेल खेलेको…