काठमाडौं, भदौ २९ । नेपालको यु–१९ क्रिकेट टिमले भारतमा जारी एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको छ । लखनउमा जारी यु–१९ एकदिवसीय क्रिकेट शृंखलाको दोस्रो खेलमा शुक्रबार नेपाललाई भारतको सोही उमेर समूहको ‘ए’ टिमले ८ विकेटले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट हुँदै १५६ रन बनाएको थियो…