काठमाडौं, असोज १३ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको शनिबारको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मैदानमा आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एनआरटीका लागि रोजित पुडासैनीले खेलको १२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।…