काठमाडौं, असोज १७ । विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेटमा नेपालले शानदार सुरूआत गरेको छ । बुधबार मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको हो । म्यानमारले दिएको ३० रनको झिनो चुनौती नेपालले तीन ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको हो । करण केसीले ८ बलमा अविजित रहँदै १४ तथा…