काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबिचको खेल आज हुँदैछ । खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ । भारत र पाकिस्तानबिचको खेल नेपाली समयअनुसार, दिउँसो सवा २ बजे सुरु हुनेछ । विश्व क्रिकेटमा भारत र पाकिस्तानबिचको खेललाई निकै महत्वका साथ हेरिन्छ । दुवै देशले पहिलो संस्करणदेखि नै एकदिवसीय विश्वकपमा सहभागिता जनाउँदै आएका छन्…