काठमाडौं, चैत १८ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आर्थिक नियमावली र कार्यविधि सार्वजनिक गरेको छ । एन्फाले वार्षिक बजेटलाई वैज्ञानिक पद्धतिबाट र आर्थिक गतिविधि पारदर्शी बनाउन नियमावली तयार गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो । नियमावली र कार्यविधिले घोषित आर्थिक पारदर्शीताको ‘रोडम्याप’ बनाउन सजिलो हुने अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । नियमावलीले नीतिगतरुपमा…