काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले आर्सनललाई १–० ले पराजित गरेको छ । गएराति भएको खेलमा एभर्टनलाई जित दिलाउन फिल जगेल्काले निर्णायक गोल गरे । एभर्टनले प्रिमियर लिगमा लगातार तीन जित निकाल्ने क्रममा आर्सनललाई स्तब्ध बनाएको हो । यो हारसँगै आर्सनलले जारी लिगको तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । ३२ खेलबाट ६३ अंक…