काठमाडौं, चैत ११ । सशस्त्र प्रहरीका दिपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल १५औं कृष्णमोहन स्मृति राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयको कभर्डहलमा जारी प्रतियोगिताको दोस्रो दिन सोमबार दिपेशले म्याग्दीका विजय बानियाँलाई २१–८ र २१–८ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा ठाउँ बनाएका हुन्…