काठमाडौं, चैत १३ । क्रोएसियामा हुने आइएसएफ विश्व स्कुल च्याम्पियनपसिप १५ वर्षमुनिको छात्रा भलिबल प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीको बिदाइ गरिएको छ । १४ सदस्यीय टोलीलाई बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले बिदाइ गरे । नेपाली भलिबलको इतिहासमा नेपालले पहिलोपटक यो प्रतियोगितामा भाग लिन लागेको हो । प्रतियोगितामा नेपालसहित चीन, चाइनिज ताइपेइ,…