काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा अफगानिस्तान र दक्षिण अफ्रिका विजयी भएका छन् । इङ्ल्यान्ड र वेल्समा यही मे ३० देखि सुरु हुने विश्वकपको तयारीका लागि भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको हो । ब्रिस्टोलमा पाकिस्तानले दिएको २६३ रनको लक्ष्य अफगानिस्तानले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।…