लन्डन, असार ४ । अफगानिस्तानलाई हराउँदै इंग्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा आयोजक इंग्ल्यान्डले अफगास्तिानविरुद्व १५० रनको फराकिलो जित निकालेको हो । खेलमा ३९८ रनको उच्च लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४७ रनमात्र बनाउन सक्यो । यसका लागि मशमतुल्ला शाहिदीले ७६ रन बनाउनुबाहेक अन्य…