Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


इङ्ल्यान्डलाई पराजित गर्दै अमेरिका महिला विश्वकपको फाइनलमा

काठमाडौं । इङ्ल्यान्डलाई पराजित गर्दै साविक विजेता अमेरिका महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । फ्रान्सको लियोनमा गएराति भएको खेलमा अमेरिकाले इङ्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गरेको हो । निकै रोमाञ्चक खेलको अन्तिममा इङ्यान्डले पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा हार ब्यहोर्न बाध्य भयो । जसका कारण उसले पहिलो पटक विश्वकपको फाइनलमा पुग्ने सपना पुरा गर्न सकेन…