काठमाडौं, असार २३ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव रमेश सिलवालले आफूले खेलकुदलाई जहिलेपनि नजिकबाट नियालिरहेको बताएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रालयमा भएको शपथग्रहणपछि बोल्दै सदस्यसचिव सिलवालले आफू खेलकुद परिषद्मा जागिर खान नभइ खेलकुदमा योगदान दिन सकिन्छ भनेर आएको स्पस्ट पारे । सिलवालले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)को आयोजनाका लागि चार…