काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको फाइनल छनोट प्रतियोगितामा आज नेपालले कतारसँग खेल्दैछ । सिंगापुरमा हिजोबाट सुरु भएको प्रतियोगितामा नेपालसहित ५ राष्ट्र सहभागी छन् । प्रतियोगिताको पहिलो दिन हिजो आयोजक सिंगापुर र मलेसियाले विजयी सुरुवात गरेका छन् । सिंगापुरले कतारलाई ३३ रन र मलेसियाले कुवेतलाई ४२ रनले पराजित गर्दै विजयी सुरुवात गरेका हुन्…