सिड्नी, कात्तिक २० । अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडीसरह पारिश्रमिक प्राप्त गर्ने बुधबार सम्झौता भएको छ । खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै चौतर्फी स्वागत गरिएको छ । फुटबल फेडरेसन अस्ट्रेलिया (एफएफए)ले घोषणा गरेको नयाँ विधिअनुसार माटिल्डाका स्टार महिला खेलाडीहरु साम कर र एली कार्पेन्टरले…