कैलाली, फागुन १४ । थ्रीस्टार क्लव खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार भएको दोस्रो क्वाटरफाईनल खेलमा जित हात पार्दै थ्रीस्टारले अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो चरणमा बाई पाएर क्वाटरफाईनल पुगेको थ्रीस्टारले सिमराको नव जनजागृति क्लवलाई २–० ले हराएको हो । थ्री स्टारको जितमा संजोग राई र आशिष राईले…