सुनसरी, फागुन १७ । २२औं बुढासुब्बा गोल्डकप फुटबलको उपाधि मनाङ–मर्स्याङ्दी क्लबले जितेको छ । शनिबार धरान रंगशालामा भएको फाइनलमा पाँचपटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै मनाङले प्रतियोगितामा बाजी मारेको हो । मनाङलाई उपाधि दिलाउन दयानन्द सिंह, निशान लिम्बू र विमल रानाले एक/एक गोल गरे । पुलिसका भोला सिलवालले एक गोल फर्काए ।…