काठमाडौं, कात्तिक २८ । नेपाली महिला भलिबल टिमले ऐतिहासिक सफलता हासिल गरेको छ । पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नेक्रममा नेपालले बंगलादेशमा बिहीबार सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि हासिल गरेको हो । फाइनलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो । नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सेटमा हराएको हो ।…