काठमाडौं, फागुन २२ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विश्वभर फैलिएको ‘कोरोनाभाइरस’ अर्थात् ‘कोभिड–१९’ का कारण सम्पूर्ण खेलकुदका गतिविधि स्थगित गर्न सूचना जारी गरेको छ । युवा तथा खेलकुदमन्त्री जगत्बहादुर सुनार विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको राखेपको बैठकले कोरोनाको सम्भावित संक्रमणबाट बच्न खेलकुद प्रतियोगितालगायतका सम्पूर्ण कार्यक्रमहरु अर्को सूचना जारी नभएसम्मका सम्भव भएसम्मका कार्यक्रमहरु स्थगित गर्न विज्ञप्तिमार्फत् सूचित…