काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरसँग लेष्टर सिटी पराजित भएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा लण्डन क्लब टोटनह्यामले लेष्टर सिटीलाई ३–० ले हरायो । टोटनह्यामको जितमा ह्यारी केनले दुई गोल गर्दा लेष्टरकै जेम्स जस्टीनले एक आत्माघाति गोल गरे । हारसँगै लेष्टर सिटीको शिर्ष चारमा रहँदै आगामी सिजन युएफा च्याम्पियन्स लिग खेल्ने…