प्रिमियर लिगः एभर्टनसँग टोटेनहम १–० गोल अन्तरले पराजित • Image Khabar Image Khabar


प्रिमियर लिगः एभर्टनसँग टोटेनहम १–० गोल अन्तरले पराजित


Imagekhabar
२९ भाद्र २०७७, सोमबार ०७:३४

प्रिमियर लिगः एभर्टनसँग टोटेनहम १–० गोल अन्तरले पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात गरेको छ ।

गएराति भएको यो सिजनको पहिलो खेलमा टोटेनहमलाई १–० गोल अन्तरले पराजित गर्दै एभर्टनले सुखद सुरुवात गरेको हो ।

टोटेनहमको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा डोमिनिकले हेडमार्फत गोल गरेका थिए ।

जितसँगै कार्लो एन्सेलोटीको टिम एभर्टनले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । एभर्टन तालिकाको पाँचौ स्थानमा रहेको छ ।

जोसे मोरिन्होको टोटेनहमले भने हारबाट सिजनको सुरुवात गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्