इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु, आर्सनलको सानदार सुरुआत • Image Khabar Image Khabar


इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु, आर्सनलको सानदार सुरुआत


इमेजखबर
२७ भाद्र २०७७, शनिबार २१:२०

इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु, आर्सनलको सानदार सुरुआत

काठमाडौं, भदौ २७ । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शनिबारदेखि सुरु भएको छ ।

खेलमा आर्सनलले सानदार सुरुआत गरेको छ ।

लिगको पहिलो खेलमा आर्सनलले फुल्हमलाई उसकै मैदानमा ३-० ले पराजित गरेको हो ।

मध्यान्तरसम्म १-० ले अग्रता लिएको आर्सनलले मध्यान्तरपछि दुई गोल थपेको हो । एलेक्जेन्डर लाकाजेट्, गाब्रियल र पिर्रे एम्रिक उबामायेले एक/एक गोल गरे ।

साविक विजेता लिभरपुलले भने नवप्रवेशी क्लब लिड्स युनाइटेडसँग घरेलु मैदानमा खेल्नेछ । खेल नेपाली समयअनुसार राति पौने ११ बजे सुरु हुनेछ ।

कोरोनाभाइरसको महामारीका कारण प्रभावित भएको गत सिजनको उपाधि लिभरपुलले जित्दा म्यानचेस्टर सिटी दोस्रो, म्यानचेस्टर युनाइटेड तेस्रो, चेल्सी चौथो र लेस्टर सिटी पाँचौं भएको थियो ।

प्रतिक्रिया दिनुहोस्