टोकियो, चैत २८ । जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित् समयभन्दा एक वर्षपछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ । टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले अर्को वर्षपनि ओलम्पिक हुन्छ भन्ने सुनिश्चित गर्न नसकिने बताएका हुन् । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण प्रतियोगिता अनिश्चित नै रहेको उनको भनाइ छ ।…