काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा विजेता खेलाडीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाइ दिनका लागि प्रधानमन्त्री निवास बालुवाटार आमन्त्रण गरेका छन् । सागमा स्वर्ण, रजत र कास्य पदक विजेता नेपाली खेलाडीहरुलाई प्रधानमन्त्री ओलीले बधाई दिन बालुवाटार आमन्त्रण गरेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । नेपाल सरकारले राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरूको सम्मानमा…