काठमाडौं, वैशाख २७ । स्पेनिस फुटबल क्लब बार्सिलोनाका खेलाडीहरुले नियमित प्रशिक्षण थालेका छन् । लियोनल मेसीलगायतका चर्चित खेलाडीहरु शुक्रबारदेखि व्यक्तिगत प्रशिक्षणमा फर्किएका हुन् । लिग आयोजक ‘ला लिगा’ले खेलाडीहरुको कोरोना परीक्षण गरेपछि उनीहरु व्यक्तिगत प्रशिक्षणमा फर्किएका हुन् । विश्वमा कोरोनाभाइरसको महामारीबाट बढी प्रभावित हुने मुलुकमध्यको एक स्पेन सरकारले पछिल्ला दिनहरुमा ‘लकडाउन’ खुकुलो पार्दै लगेको छ…