काठमाडौं । भारतको पञ्जावमा सम्पन्न इन्डो–नेपाल कराते प्रतियोगितामा नेपालको बागलुङ बडिगाड डोजोलाई सफलता मिलेको हो । प्रतियोगितामा सहभागी डोजोका ६ जनाले प्रथम स्थान हासिल गरेका छन् । नेपालकै प्रतिनिधित्व गर्दै पहिलो पटक अन्तरर्राष्ट्रिय प्रतियोगितामा डोजोका खेलाडीहरु सहभागी भएका थिए । डिसेम्बर २० देखि भएको खेलमा सहभागी सबै ६ जना खेलाडीले नै प्रथम स्थान हासिल गरेका…