पिएम कप क्रिकेटमा प्रदेश १ को पहिलो जित • Image Khabar Image Khabar


पिएम कप क्रिकेटमा प्रदेश १ को पहिलो जित


Imagekhabar
९ माघ २०७७, शुक्रबार १५:५२

पिएम कप क्रिकेटमा प्रदेश १ को पहिलो जित

काठमाडौं । कर्णाली प्रदेशलाई ५९ रनलाई पराजित गर्दै प्रदेश १ ले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

प्रदेश १ ले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको कर्णालीले ३५ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर मात्र १ सय ५६ रन बनाउन सक्यो । कर्णालीका लागि विपिन रावलले सर्वाधिक ४७ रनको योगदान गरे । त्यस्ते निश्चल रावलले ३१ रन बनाउँदा कप्तान रवीन्द्रजंग शाहीले १८ रन बनाए ।

बलिङतर्फ प्रदेश १ का लागि मिनाश थापाले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ २ मेडन ओभर फालेर २६ रन खर्चे । प्रदेश १ का लागि दीपेश कँडेलले तीन विकेट लिँदा मनोज तामाङले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१५ रन बनाएको थियो । उसका लागि सिद्धान्त लोहनीले अर्धशतकीय पारी खेले । ९७ बल खेलेका उनले ९ चौकाको सहयोगमा ६६ रन बनाएका हुन् ।

त्यस्तै शुभाकर औरले ३६ रन बनाउँदा मनिस थापा २५ तथा श्रावण यादवले १७ रन बनाए । बलिङतर्फ कर्णालीका लागि रवीन्द्र शाहीले ३ विकेट लिए । त्यस्तै दिनेश अधिकारी र अनुज चुनराले समान २–२ विकेट लिँदा दिवान पुन र राज शाहले समान १(१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्