पोखरा, पुस १ । पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेटमा चितवन राइनोज्ले विजयी सुरुआत गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको आफ्नो पहिलो खेलमा साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै चितवनले सुखद सुरुआत गरेको हो । पोखराले दिएको १०८ रनको सामान्य चुनौती चितवनले १४ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।…