काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग फुटबलको फाइनल खेलमा आज एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । दुई विभागीय टोलीबिचको उपाधि भिडन्त आज दिउँसो दुई बजे दशरथ रंगशालामा हुनेछ । पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लवलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा पुगेको थियो । पुलिस क्लबले पनि दोस्रो क्वालिफायरमा आर्मी क्लवलाई नैं पाखा लगाएको…