एजेन्सी । अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले जापनामा हुने टोकियो ओलम्पिकबारे अन्तिम निर्णय लिन चार साताको समय बाँकी रहेको बताइएको छ । विश्वभर कोरोनाभाइरसको त्रासले ओलम्पिक सार्न चौतर्फी दबाब बढेपछि आइओसीले चार सातापछि अन्तिम निर्णय लिने जनाएको हो । आइओसीको हिजो बसेको कार्यकारी बोर्डको बैठकले टोकियो ओलम्पिकलाई सोझै रद्द गर्नुभन्दा केही महिना वा एक वर्षको लागि…