काठमाडौं । यस वर्षको एटिपी फाइनल्स टेनिस प्रतियोगिताको उपाधि रुसका डानिल मेद्बेदेभले जितेका छन् । इंग्ल्याण्डको लण्डनमा गएराति भएको फाइनल खेलमा अष्ट्रियाका डोमिनिक थिएमलाई हराउँदै मेद्बेदेभले करियरमा अलिहेसम्मकै ठूलो उपाधि हात पारेका हुन् । सिजनको अन्तिम प्रतियोगिताको फाइनल खेलको पहिलो सेट थिएमले ६–४ ले जिते । तर दोस्रो र तेस्रो सेट क्रमशः ७–६ र ६–४…