काठमाडौं, भदौ २४ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा ब्याडमिन्टन खेलका सामग्री खरिद तथा वितरणमा भएको अनियमितता छानबिनका लागि गठित उपसमितिले थप गरिएको समयभित्रै प्रतिवेदन बुझाउने बताएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठित छानबिन उपसमितिको म्याद १५ दिन थप गरिएको थियो । संयोजक भट्टराईले केही बयानहरु लिन बाँकी रहेको…