काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को फाईनल प्रवेशका लागि आज ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन् । पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो । हिजो बुटवल लुम्बिनीलाई पराजित गरेको ललितपुर र पहिलो प्लेअफमा धनगढीसँग पराजित काठमाडौंबीचको प्रतिस्पर्धा साँझ साढे ५ बजेबाट हुनेछ । लिग…