काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । गए राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो एलाभेसलाई ५–१ ले पराजित गरेको छ । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र ट्रिन्काओले दुई दुई तथा जुनियर फिर्पोले एक गोल गरे । डिपोर्टिभोका लुइस रिओजाले एक फर्काए । जितसँगै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ…