काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री(पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुखद सुरुवात गरेको छ । मंगलबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश २ लाई ७७ रनले पराजित गर्दै लुम्बिनीले पहिलो खेलबाटै दुई अंक जोडेको हो । २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ लाई लुम्बिनीले ४२.४ ओभरमा १ सय…