काठमाडौं । साविक विजेता सशस्त्र प्रहरीको एपीएफले राष्ट्रिय महिला लिग फुटबलमा कीर्तिमानी जित हासिल गरेको छ । एपीएफले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२–० को कीर्तिमानी जित हासिल गरेको हो । जारी लिगको अहिलेसम्मकै सबैभन्दा फराकिलो जित निकाल्ने क्रममा सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले १२ गोल गरिन् । उनले मध्यान्तरअघि ५…